यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा ६ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ७ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ३ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *