यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६  सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन घटेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ स्थिर रहदै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *