यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ३ सय ५० सयले बढेर प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ४ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *