यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ७ सयले नै घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार १ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ७ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ४४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *