यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ५ सयले नै घटेर प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ७ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार २ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *