यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा २ सयले घटेर प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ८ सय रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ३  सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *