यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ८ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार १ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *