यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा स्थिर छ ।

चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ८ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *