यस्तो छ आजको सुनचाँदीको मुल्य

काठमाडौं ! बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजारले घटेर प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा १ हजार रुपैयाँले सस्तो  हुँदै प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ७ सय ६५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९५ हजार २ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *