यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले महँगो हुँदै प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार ४ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

बजेटले सुनको भन्सार शुल्क बढाएको थियो । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार शुल्क १५ प्रतिशतले बढाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *