यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार  प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा नै कारोबार भईरहेको छ।

आज तेजावी सुन पनि स्थिर रहदै प्रति तोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।  चाँदीको भाउ पनि स्थिर रहदै प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ६ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९५ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।

बजेटले सुनको भन्सार शुल्क बढाएपछि ४ दिनको अवधि मै सुनको मूल्य ५२ सय रुपैयाँले बढेको थियो। त्यसपछि हिजो आइतबार सुनको मूल्य घटेको थियो भने आज सुनको मूल्य स्थिर रहेको हो । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार शुल्क १५ प्रतिशतले वृद्धि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *