यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौ ! शुक्रबार हालसम्म कै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज घटेको छ । शुक्रबार  तोलाको १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा १७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आज तेजावी सुन पनि तोलामा १७  सय रुपैयाँले नै घटेर प्रति तोला १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।  चाँदीको भाउ पनि तोलामा २० रुपियाँले घटेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ६ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९५ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।

बजेटले सुनको भन्सार शुल्क बढाएपछि ४ दिनको अवधि मै सुनको मूल्य ५२ सय रुपैयाँले बढेको थियो। त्यसपछि आज सुनको मूल्य घटेको हो । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार शुल्क १५ प्रतिशतले वृद्धि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *