काठमाडौं ! सुनको मूल्य हालसम्म कै उच्च विन्दुमा पुगेको छ । बिहिबार तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हाल सम्म कै उच्च मूल्य हो ।
आज तेजावी सुन पनि तोलामा ८ सय रुपैयाँले नै बढेर प्रति तोला १ लाख १२ हजार ७ सय ५० कायम भएको छ । चाँदीको भाउ पनि तोलामा २५ रुपियाँले बढेर प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९७ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९६ हजार ६ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३० रुपैयाँ कायम गरेको छ ।
बजेटले सुनको भन्सार शुल्क बढाएपछि ४ दिनको अवधि मै सुनको मूल्य ५२ सय रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार शुल्क १५ प्रतिशतले वृद्धि गरेका छन्।