यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि तोलामा दुई सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ७  हजार ६ सय रुपैयाँमा किनेबच भइरहेको छ ।

चाँदीको भाउ भने १५ रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ६०  रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९२ हजार ६ सय  ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९२ हजार २ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *