यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनको भाउ घटेको । बिहिबार तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा किनेबच भइरहेको छ ।

चाँदीको भाउ तोलामा ५ रुपियाँले घटेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९२ हजार ८ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९२ हजार ४ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ५३ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *