यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बिहिबार सुनको भाउ घटेको । बुधबार तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ तोलामा १ हजार रुपैयाँले नै घटेर प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा किनेबच भइरहेको छ ।

चाँदीको भाउ तोलामा १० रुपियाँले घटेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार २ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९२ हजार ८ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *