यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा किनेबच भइरहेको छ ।

चाँदीको भाउ भने ५ रुपियाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ७ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *