यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतवार सुनको भाउ बढेको छ । बुधबार, बिहिबार र शुक्रवार लगातार घटेको सुनको भाउ आज बढेको हो ।

शुक्रवार तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ पनि आज तोलामा ८ रुपैयाँले नै बढेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ भने १५ रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३ सय १० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *