यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार पनि सुनको भाउ घटेको छ । बुधबार र बिहिबार लगातार घटेको सुनको भाउ आज पनि घटेको हो ।

बिहिबार तोलाको १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको भाउ पनि आज तोलामा ५ रुपैयाँले नै घटेर तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ भने आज पनि प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ६ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *