यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलवार सुनको भाउ बढेको छ । सोमबार तोलाको  १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला १ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार २ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ७ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *