यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! सोमबार सुनको भाउ बढेको छ । आइतवार तोलाको  १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला २ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १० हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार १ सय ६५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *