यस्तो छ आजको सुनचाँदीको मुल्य

काठमाडौं ! बिहिबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ  । बुधबार तोलाको  १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज स्थिर रहदै तोलाको १ लाख ११ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रति तोला  १ हजार ४ सय ३० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ६ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९५ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *