यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको  १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १० हजार ६ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ३ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ८ सय ८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ ।

facebook sharing button
twitter sharing button
sharethis sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *