यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौ ! बिहिबार सुनको मूल्य ह्वात्तै बढेको छ। बुधबार तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला १२ हजार रुपैयाँले नै बढेर तोलाको १ लाख ११ हजार २ सय ५० सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

आज सुनको मूल्य हालसम्म कै उच्च विन्दुमा पुगेको हो । यस अघि गत चैत्र २२ गते प्रति तोला १ लाख ११ हजारमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। आज सो रेकर्ड पनि तोडिएर सुनको मूल्यले नयाँ किर्तिमान बनाएको हो  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ८ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९५ हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *