यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले बढेर तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ६ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *