यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा ५ सय रुपैयाँले घटेर तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ५ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार १ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ९ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *