यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा ३ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा आइपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ६ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *