यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ आज प्रतितोला २५० रुपैयाँले महँगिएर तोलाको १ लाख ९ हजार ७५० सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलमा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ५ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *