यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! मंगलबार सुनको भाउ स्थिर छ । हिजो सोमबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला १ लाख १० हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा स्थिर छ ।

आज चाँदीको भाउ भने तोलमा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३ सय १० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३० रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *