यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं ! नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि छापावाल सुन तोलाको यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि स्थिर छ । यो सुन तोलाको एक लाख नौ हजार ५०० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य समेत स्थिर छ । आज चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भएको छ । तीन दिनदेखि चाँदी यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *