यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आइतबार सुनको घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि घटेर प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ स्थिर रहदै प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३ सय १० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *