यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि तोलामा ९५० रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार २५० सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ९ सय ९५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ५ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *