यस्तो छ आजको सुनचाँदीको दररेट

काठमाडौं ! आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि तोलामा ५  सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ७ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *