यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं ! आज सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि तोलामा ७ सय रुपैयाँले घटेर  प्रति तोला १ लाख ८ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार २ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २६ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *