यस्तो छ आजको सुनचाँदीको मुल्य

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो। यसअघि सोमबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *