यस्तो छ आजको सुनचाँदीको मुल्य

काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रवार सुन तोलामा एक हजार रुपैयाँले बढ्दा कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। आइतबारका लागि कारोबार मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ। अघिल्लो दिनभन्दा तोलामा २५ रुपैयाँले बढ्दा शुक्रबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रतिऔंस १९६९.४६ डलर र चाँदी २४.१ डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *