यस्तो छ आजको सुनचाँदीको मुल्य

काठमाडौं ! आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ८ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ७ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६६ रुपैयाँ कायम भएको छ ।

20Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *