यस्तो छ आजको सुनचाँदीको मुल्य

काठमाडौं ! आज आईतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। शुक्रबार तोलाको १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला २९ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

आज सुनको मूल्य हालसम्म कै उच्च विन्दुमा पुगेको हो । यस अघि गत माघ १९ गते प्रति तोला १ लाख ७ हजार १ सयमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो। आज सो रेकर्ड पनि तोडिएर सुनको मूल्यले नयाँ किर्तिमान बनाएको हो  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ३  सय १० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार ८ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ५३ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *