यस्तो छ आजको सुनचाँदीको मुल्य

काठमाडौं ! आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला १६ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९० हजार ६ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय १४ रुपैयाँ ५० पैसा कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *