यस्तो छ आजको सुनचाँदीको भाउ

काठमाडौं ! आज बिहिबार सुनचाँदीको भाउ घटेको छ। बुधबार तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ५ सय रुपैयाँले नै घटेर तोलाको १ लाख ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर घटेर प्रतितोला १ हजार २ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८६ हजार ५ सय ९० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८६ हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ४६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *