यस्तो छ आजको सुनचाँदीको भाउ

काठमाडौं ! आज बुधबार सुनचाँदीको भाउ घटेको छ। मंगलबार तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला १ हजार रुपैयाँले नै घटेर तोलाको १ लाख १ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेर घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८७ हजार २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८६ हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *