यस्तो छ आज सुनको मुल्य

काठमाडौं ! आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै बढेर तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलाको १ हजार २ सय ७० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८७ हजार ९ सय ६५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार ५ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ८९ रुपैयाँ कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *