यस्तो छ आजको सुनको भाउ

काठमाडौं ! आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८८ हजार ३ सय ५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार ८ सय ७५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *