यस्तो छ आज सुनको भाउ

काठमाडौं ! आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढे प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८७ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८६ हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *