काठमाडौं ! नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो।
महासंघले निर्धारण गरेको आजको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ।
