आजको सुनचाँदीको दररेट

काठमाडौं ! शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार पनि सोही सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५७ हजार ५२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६५४ रुपैयाँ ५० पैसा कायम भएको छ ।