आजको सुनचाँदीको दररेट

काठमाडौं ! नेपाली बजारमा आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य  पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५९ हजार ४६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ८० रुपैयाँ कायम भएको छ ।