काठमाडौं ! शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ४ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी मूल्य पनि १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख २९ हजार २ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ५६ रुपैयाँ कायम भएको छ ।