काठमाडौं ! शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार स्थिर रहेको सुन आज तोलामा १ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३१ हजार १ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ९४ रुपैयाँ ५० पैसा कायम भएको छ ।