काठमाडौं ! शुक्रबार पहेलो धातु सुनको मूल्य स्थीर रहेको छ । विगत एक साता देखि निरन्तर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज स्थीर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो कारोबार दिन बिहिबार पनि छापावाला सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४२ हजार ३२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय ७४ रुपैया ५० पैसा कायम भएको छ ।